• ५ असोज २०८३, सोमबार
  • १२ः१८ राती

स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित पक्राउ

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०२:००

९ पुस २०७८, काठमाडौँ : कलैया उपमहानगरपालिका-१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

National Life

विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले जाँच गर्दा रन्देशलाई १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ ।

प्रतिकृया