जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ
प्रकाशित मिति
२०७८ श्रावण २४ गते, आईतवार ०१:४२
२४ साउन, २०७८ काठमाडाैँ : तेह्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेबी छहरा गाउँपालिका-८ बस्ने २३ वर्षीय मिन बहादुर सारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई सारुले साउन १९ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ
मोरङ, ६२ वर्षीया महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा रंगेली नगरपालिका-२ भण्डारी टोल बस्ने २२ वर्षीय शुरा रिषिदेवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई रिषिदेवले अभद्र व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बवियाबिर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
सुनसरी, सवारी ज्यान मुद्दाका फरार अभियुक्त मोरङ विराटनगर महानगरपालिका-१० मधुमारा टोल बस्ने सरोज कुमार साहलाई शनिबार प्रहरी पक्राउ गरेको छ । गत असार ११ गते बेलुका सुनसरी इटहरी उमहानगरपालिका-१२ स्थित शारदा विद्यालय अगाडिको कोशी राजमार्गमा वा.१० च ५५७३ न्बरको गाडीको ठक्करबाट पैदलयात्री इटहरी उमहानगरपालिका-११ बस्ने ६३ वर्षीया गंगा देवी ढकालको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रही फरार रहेका गाडी चालक साहलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूहको सहयोगमा मोरङ विराटनगर महानगरपालिका-१ बाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।






प्रतिकृया