• ६ असोज २०८३, मंगलबार
  • ६ः४५ बिहान

भारतमा थप ४६ हजार संक्रमित, ९८१ संक्रमितको मृत्यु

प्रकाशित मिति

२०७८ असार १४ गते, सोमबार ०७:०१

काठमाडौँ : भारतमा थप ४६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४६ हजार ६४३ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २१औँ दिन हो ।

National Life

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २ लाख ७८ हजार ९६३ पुगेको छ ।


यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख ७९ हजार ९४२ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ९८१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९६ हजार ७६१ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया