• ६ असोज २०८३, मंगलबार
  • ६ः४५ बिहान

मध्यपुर थिमि नगरपालिकाको आ. व. २०७८-०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

प्रकाशित मिति

२०७८ असार ७ गते, सोमबार ०५:५५

भक्तपुर : मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष २०७८- ०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नीति तथा कार्यक्रममा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने जोखिम रहेको र तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने विभिन्न अध्ययन र विज्ञहरुको निष्कर्ष समेतलाई ध्यानमा राख्दै बालबालिकाहरूको लागि बिशेष वार्डको ब्यवस्था गर्ने उल्लेख गरिएको छ ।

National Life

त्यसैगरी कोभिड–१९ को पिसिआर परीक्षण वडाको सिफारिसमा नेपाल केरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क गर्ने, बोडेस्थित कृषि बिकास बैंक तालिम प्रतिष्ठान केन्द्रमा सञ्चालित आइसोलेसन केन्द्रमा अक्सिजन सहितको प्राथमिक उपचारको व्यवस्था गर्ने, नगरभित्रका गरिब असाहयहरुको कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्ने र कोभिड विरूद्धको खोप खरिद र अनुदान प्राप्तिको लागि पहलकदमी गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।


स्थानीय स्वायत्त शासन ऐन–२०५५ बमोजिम स्थायी रूपमा कार्यरत कर्मचारीहरूको स्तर बृद्धि र समायोजन यसै बर्षदेखि शुरु गर्ने, वडास्तरबाट नै खेलकुद गतिबिधिको लागि बजेट विनियोजन गर्ने, राधे–राधे, गठ्ठाघर र सानोठिमी मा मेट्रो एम्बुलेन्स सेवा सुचारू गर्ने, ऐतिहासिक सिद्धिकाली मन्दिर परिसरको दक्षिण–पुर्बी भागमा संजिबनी पार्क निर्माण गर्ने, घर नक्सा पास प्रकियालाई सहज, सरल र पारदर्शी बनाउनलाई अनलाईन सेवा ईबिपिएस प्रणाली लागु गर्ने भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

काँलाडोल–बुढाथोकि गाउँ, हनुमन्ते, मनोहरा–निलबाराही लगायतका स्थानमा जग्गा एकिकरण आयोजना लागु गर्न उपभोक्ता समिति गठन गरी कार्यान्वयन गर्ने, करको दर बृद्धि नगरी करको दायरालाई फराकिलो पार्दै ब्यवसाय दर्ता अभियान चलाउने नीति नगरपालिकाले लिएको छ । नगरपालिकाको सोमवार सम्पन्न पाँचौं नगरसभा बैठकले उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।

प्रतिकृया