• ६ असोज २०८३, मंगलबार
  • १२ः३६ राती

हुन्डाई प्यालिसेड नेपाल भित्रियो

प्रकाशित मिति

२०७८ असार ७ गते, सोमबार ०४:४१

काठमाडौँ : हुन्डाई गाडीको नेपाल को लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्र्याएको छ । प्यालिसेड ७ सिट र प्रिमियम एसयूभी हो । कम्पनी स्रोतका अनुसार यो कार छिट्टै आधिकारिक रूपमा सार्वजनिक हुनेछ । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो ।

National Life

नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना छ, जसले २०० पीएस पावर तथा १७५०-२७५०आरपिम टर्क उत्पादन गर्नेछ । यो एसयूभी ८ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।


नेपाली बजारमा यो एसयूभीको सुरूआती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिसी पजेरोर फोर्डको इन्डेभरसँग हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया