• ५ असोज २०८३, सोमबार
  • ८ः४९ बिहान

ओलीको दबाबपछि पनि नझुके मुख्यमन्त्री कार्की, राजीनामा दिँदा संवैधानिक संकट आउँछ

प्रकाशित मिति

२०८३ श्रावण २० गते, बुधबार १०:०३

२० साउन २०८३ काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दबाबका बाबजुद कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा नदिने अडान दोहोर्‍याएका छन्। मंगलबार साँझ गुण्डुमा करिब एक घण्टा भएको छलफलमा अध्यक्ष ओलीले नयाँ राजनीतिक कोर्सका लागि मार्ग खुला गर्न राजीनामा दिन आग्रह गरेका थिए। तर मुख्यमन्त्री कार्कीले आफू संविधानको धारा १६८(५) बमोजिम नियुक्त भएको उल्लेख गर्दै राजीनामा दिए संवैधानिक जटिलता सिर्जना हुने र त्यसले राम्रो राजनीतिक सन्देश नजाने तर्क गरेका थिए।

National Life

स्रोतका अनुसार भेटमा दुवै नेताले आ–आफ्नो अडान कायम राखेका थिए। छलफल निष्कर्षविहीन बनेपछि पुनः बैठक बस्ने सहमति भए पनि समय भने तय भएको छैन।

मुख्यमन्त्री कार्कीलाई राजीनामा गराउन अध्यक्ष ओलीले यसअघि पनि गुण्डु बोलाएर निर्देशन दिएका थिए। त्यसपछि पूर्वमुख्यमन्त्री शेरधन राईलाई विराटनगर पठाइए पनि कार्की आफ्नो अडानबाट पछि हटेनन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच विराटनगरमा प्रदेशसभा सदस्यहरूको हस्ताक्षर संकलन भइरहेको स्रोतले जनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आफ्नै निवासमा सांसदहरूलाई बोलाएर पार्टीको निर्णय कार्यान्वयनका लागि हस्ताक्षर गर्न आग्रह गरिरहेको स्रोतको दाबी छ।

मुख्यमन्त्री कार्कीलाई हटाउने अभियानमा शेरधन राईसँगै मन्त्री पराजुली पनि सक्रिय रहेको बताइए पनि कार्की भने संवैधानिक व्यवस्था र राजनीतिक स्थायित्वको कारण देखाउँदै राजीनामा नदिने अडानमा कायम छन्।

प्रतिकृया