• ४ असोज २०८३, आइतबार
  • १०ः४४ बिहान

यस्तो छ, मन्त्रिपरिषद् बैठकका ८ निर्णय

प्रकाशित मिति

२०८२ पुष २१ गते, सोमबार ०३:५०

२१ पुस,२०८२ काठमाडौं – सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका ८ वटा निर्णय सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

National Life

निर्णयअनुसार राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गरिएको छ। साथै नेपाल सरकार र ओमान सरकारबीचको समझदारीपत्र तथा नेपाल र इजरायल सरकारबीचको श्रम सम्झौता स्वीकृत गरिएको छ।

यस्ता छन् निर्णयहरू :

Classic Tech Mobile
Classic Tech Desktop

१) राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ।

२) समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ।

३) जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।

४) नेपाल सरकार र ओमान सरकार बीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय भएको छ ।

५) नेपाल सरकार र इजरायल सरकार बीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ ।

६) पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।

७) वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।

८) नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ ।

प्रतिकृया