• ६ असोज २०८३, मंगलबार
  • ४ः३१ बिहान

मधेश सरकार बदरको मागमा सातदलीय गठबन्धन सातौं दिन मधेश भवन अगाडि धर्नामा

प्रकाशित मिति

२०८२ मंसिर १ गते, सोमबार १२:०५

मंसिर १, २०८२ काठमाडौं— मधेश सरकारको गठन असंवैधानिक रहेको भन्दै सातदलीय गठबन्धनका प्रदेश सांसदहरू आज सातौं दिन मधेश भवन अगाडि धर्ना बसेका छन्।

National Life

सातदलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्। उनीहरू गत एक हप्तादेखि मधेश भवन अगाडि धर्नामा बसेर सरकार बदरको माग गर्दै आएका छन्।

गठबन्धनको अनुसार, संविधानको धारा १६८(३) बमोजिम तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकार असंवैधानिक भएको भन्दै बदर गर्नुपर्ने माग राखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, उनीहरू सर्वोच्च अदालतमा सरकार गठनविरुद्ध दायर रिटको सुनुवाइको निगरानी पनि गरिरहेका छन्। सातदलीय गठबन्धनले सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग लगाउने तयारी गर्दै निरन्तर आन्दोलन जारी राखेको छ।

प्रतिकृया