• ४ असोज २०८३, आइतबार
  • ४ः०३ बेलुका

यती एयरलाइन्स २७ औं वर्षमा

प्रकाशित मिति

२०८२ आश्विन ५ गते, आईतवार ०१:५६

असोज ५, २०८२ काठमाडौं– नेपाली आकाशमा आफ्नै पहिचान बनाउन सफल यती एयरलाइन्स २७ औं वर्षमा प्रवेश गरेको छ। सन् १९९८ सेप्टेम्बर २१ देखि सञ्चालनमा आएको यो कम्पनीले सुरुवातदेखि नै दुर्गम भेगदेखि प्रमुख शहरसम्म हवाई यातायातलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

National Life

स्थापना वर्षमै ट्विन अटर विमानमार्फत लुक्लातर्फ पहिलो उडान भरेको यती एयरलाइन्स अहिले आधुनिक एटीआर–७२ विमान सञ्चालन गर्दै देशकै अग्रणी निजी हवाई सेवामध्ये एक बनेको छ।

यसले २७ वर्षको यात्रामा देशका दुर्गम भूभागमा पहुँच पुर्‍याउने, पर्यटन प्रवद्र्धनमा योगदान गर्ने र नागरिक उड्डयन क्षेत्रलाई नयाँ प्राविधिक क्षमता थप्ने जस्ता उपलब्धि हासिल गरेको छ। पर्वतीय क्षेत्रमा सुरक्षित उडान र समयपालनको कारण यात्रुबीच यसले विशिष्ट विश्वास आर्जन गरेको छ।पर्यावरणीय जिम्मेवारीमा समेत अग्रसर यती एयरलाइन्स सन् २०१९ देखि दक्षिण एशियाकै पहिलो कार्बन–न्यूट्रल एयरलाइन बनेर उदाहरण प्रस्तुत गरेको छ। यसले इन्धन खपत र कार्बन उत्सर्जन न्यून पार्न, तथा हरित उड्डयनमा योगदान गर्न निरन्तर कदम चालेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

२७औं वर्षमा प्रवेशसँगै यती एयरलाइन्सले यात्रु सेवा गुणस्तरमा अझ सुधार, प्रविधि प्रयोगमा आधुनिकताको माध्यमबाट अघि बढ्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया