• ३ असोज २०८३, शनिबार
  • ७ः५९ बेलुका

वार्षिकोत्सवको अवसरमा वायुसेवा निगमको गर्यो फूटबल प्रतियोगिता

प्रकाशित मिति

२०८२ असार १५ गते, आईतवार ०९:००

काठमाडौं – नेपाल वायुसेवा निगमको ६७ औं वार्षिकोत्सवको अवसरमा एकदिने मैत्रीपूर्ण फूटबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ। निगमको वार्षिकोत्सव मूल समारोह समितिको आयोजनामा भएको सो प्रतियोगिता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसमेतको उपस्थिति थियो ।

National Life

मैत्रीपूर्ण खेल अन्तर्गत निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, कर्मचारीहरुको टिम, महिला कर्मचारीहरुको टिम र एक्जिक्यूटिभ फुटबल टीमबीच प्रतिस्पर्धा थियो ।

कार्यक्रममा निमन्त्रणा मान्य अतिथि तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले कर्मचारीलाई अनुशासन र इमान्दारीका साथ जिम्मेवारी पूरा गर्न आग्रह गरे। साथै सरकारले निगमलाई थप मजबुत र प्रतिस्पर्धी बनाउने काममा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया