• ४ असोज २०८३, आइतबार
  • ९ः०५ राती

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन : नेपाली फिन्टेक को ऐतिहासिक सुरुवात

प्रकाशित मिति

२०८२ जेष्ठ ७ गते, बुधबार ०८:५१

काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो तथा प्रभावशाली डिजिटल वाणिज्य र फिन्टेक प्रदर्शनी सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पविलियनको औपचारिक उद्घाटन भएको छ । जसले नेपालको फिन्टेक र डिजिटल नवप्रवर्तन यात्रामा एक ऐतिहासिक मोड ल्याएको छ।

National Life

फिन्टेक एलायन्स नेपालको नेतृत्वमा सुरु गरिएको यो नवीन पहलले एउटा अग्रणी नेपाली आइटी तथा फिन्टेक कम्पनीहरूलाई एउटै राष्ट्रिय ब्यानर अन्तर्गत एकजुट गर्दै नेपालको नवीनता, आकांक्षा र अन्तर्राष्ट्रिय सम्भावनालाई विश्वमञ्चमा प्रस्तुत गरेको छ ।

तीन दिनसम्म चल्ने यो प्रदर्शनीको उद्घाटन समारोहमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेज बहादुर क्षेत्री तथा विश्वभरका प्रमुख सीइओ, सीएक्सओ र फिन्टेक अधिकारीहरूको उपस्थिति रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया