• ५ असोज २०८३, सोमबार
  • ६ः१७ बेलुका

आजको मौसम कस्तो रहनेछ ?

प्रकाशित मिति

२०८२ बैशाख १७ गते, बुधबार ०८:१५

वैशाख १७, २०८२ काठमाडौँ: हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

National Life

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी भू(भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एकरदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको पूर्वानुमान छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागका एकरदुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू(भागका एकरदुई स्थानमा स्थानमा हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकरदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेकोले कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमासमेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया