• ३ असोज २०८३, शनिबार
  • ८ः१७ राती

इदले धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : देउवा

प्रकाशित मिति

२०८१ चैत्र १८ गते, सोमबार १०:२६

चैत्र १८, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व इद-उल-फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको बताएका छन् ।

National Life

सभापति देउवाले आज इद–उल–फित्रका अवसरमा शुभकामना सन्देश दिँदै इद पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको र यहाँ विभिन्न जातजातिका आ-आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रितिरिवाज र चाडपर्व रहेको बताए ।

‘विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान हो, यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, त्यस मध्ये इद–उल–फित्र पर्व पनि एक महत्वपूर्ण पर्व हो’, सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सभापति देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व इद–उल–फित्रका अवसरमा स्वदेश तथा विदेशमा भएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना (इद मुवारक) व्यक्त गरे ।

प्रतिकृया