• ४ असोज २०८३, आइतबार
  • १२ः१८ राती

गणतन्त्र पक्षधरलाई साथ दिन एकीकृत समाजवादीको निर्देशन

प्रकाशित मिति

२०८१ चैत्र १० गते, आईतवार ०१:००

चैत्र १०, २०८१ काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ ।

National Life

पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय सङ्गठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा सङ्घर्षका कार्यक्रममा सक्रिय ढङ्गले सहभागी हुन निर्देशन दिएको छ ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार समान राजनीतिक सिद्वान्त र दृष्टिकोण भएका वामपन्थी शक्तिबीच एकता तथा परिवर्तन पक्षधरसँग सहकार्य गरी गणतन्त्रको पक्षमा जनमत सृजना गर्न सम्पूर्ण कमिटीलाई परिपत्र गरिएको छ । समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौंमा आयोजना गर्ने विरोध प्रदर्शन तथा आमसभालाई सफल बनाउन पार्टीका सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मुलुकमा सुशासन कायम गर्ने, रोजगारीका अवसर सृजना, आर्थिक समृद्धिका साथै सामाजिक रुपान्तरणलाई प्राथमिकता राखेर देशभर समाजवादी अभियान सुरु गरेको पार्टीले सङ्गन विस्तारलाई केन्द्रमा राखेर काम गरिरहेको उनले जानकारी दिए ।

प्रतिकृया