• ५ असोज २०८३, सोमबार
  • ११ः५५ राती

मध्यपुर थिमि उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ द्धारा सम्मानित

प्रकाशित मिति

२०८१ चैत्र ८ गते, शुक्रबार ०७:५८

चैत्र ८, २०८१ भक्तपुर : गत आर्थिक वर्षमा वातावरण, संस्कृति र पर्यटन क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ सम्मानित भएका छन् । नेपाल नगरपालिका संघको ३२ औं स्थापना दिवसको उपलक्ष्यमा मध्यपुर थिमिले मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ समेत प्राप्त गर्‍यो ।

National Life

नगरप्रमुख श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्का थिए । नगरपालिका संघले देशभर ४ वटा विधामा ४ नगरपालिकालाई सम्मान गरेको छ । जसमध्ये मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा वातावरण , संस्कृति र पर्यटन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ प्राप्त गरेको हो ।

मध्यपुर थिमि नगरपालिकाले संस्कृति सम्पदा संरक्षण गर्दै नगरभित्रका विभिन्न ऐतिहासिक मठमन्दिर, पाटी पौवा,सटल, देव घर, चैत्य, विहार लगायतका सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार कार्यलाई निरन्तरण दिँदै आएको छ । यस्तै पर्यटन विकासका निम्ति विभिन्न समयमा मेला महोत्सव गदै केही समय अगाडि मात्रै मध्यपुर महोत्सव गर्दै पर्यटन क्षेत्र विकासमा महोत्त्वपूर्ण योगदान गरेको छ भने पहिरो रोकथामका निम्ति नीलबराही क्षेत्रमा तीन हजार विरुवा रोपेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै सडक सरसफाई तथा मनोहरा क्षेत्रको पर्यवरण संरक्षण गर्दै आएका विषयलाई आधार बनाएर संघले मूल्यांकन गरी सम्मान गरेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

प्रतिकृया