• 3:57 am

७ जिल्लाका सीडीओसहित ११ सहसचिवको सरुवा

प्रकाशित मिति

२०८१ चैत्र ६ गते, बुधबार ०२:२०

चैत्र ६, २०८१ काठमाडौँ: गृह मन्त्रालयले ७ प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा गरेको छ । सरुवा सूची अनुसार ७ जिल्लाका सीडीओहरू हेरफेर भएका छन् । गृह मन्त्रालयमा कार्यरत सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रूपमा पठाइएको छ ।

कपिलवस्तुका विश्वप्रकाश अर्याललाई गृहमन्त्रालयमा ल्याइएको छ। सुर्खेतका सीडीओ शंकरहरि आचार्यलाई गृहमा ल्याइएको छ । उदयपुरका सीडीओ जगदिश्वर उपाध्यायलाई पर्वतको सीडीओमा सरुवा गरिएको छ । गृहमा रहेका भविश्वर पाण्डेलाई पूर्वी नवलपरासीमा पठाइएको छ ।

प्रतिकृया