• ५ असोज २०८३, सोमबार
  • ८ः३२ बिहान

दुर्गा प्रसाई अभियानको चैत्र १५ गते जनप्रदर्शनको घोषणा

प्रकाशित मिति

२०८१ चैत्र ३ गते, आईतवार ०८:१५

चैत्र ३, २०८१ काठमाडौँ: मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी चैत्र १५ गते विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका छन् । प्रसाईले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘अब निर्णायक समय आउँदै छ, तयार रहौँ’ भन्दै जनप्रदर्शनको घोषणा गरेका हुन्।

National Life

प्रसाईंले आफ्नो फेसबुक पोष्टमा देशका विभिन्न वर्ग र समुदायलाई एकजुट भएर आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘अब निर्णायक समय आउँदै छ, तयार रहौं। यही चैत्र १५ गते देखाउनु छ देश बेचुवाहरूलाई राष्ट्रभक्तिको शक्ति। सम्पूर्ण बैंक, सहकारी, लघुवित्त पीडित, सहकारीमा बचत डुबेका पीडित बचतकर्ता, आफ्नै देशमा व्यवसाय गरौँ भन्दा बैंकको कालोसूचीमा पर्न बाध्य नेपाली व्यवसायी, विदेश जाउँ भन्दा दलालको फन्दामा परि ठगिएका युवाहरू, पाखुरा बजाउँछु देशमै भन्ने सोच राख्दा काम नपाएका बेरोजगार युवाहरू, यो व्यवस्थाले बेहाल अवस्थामा पर्न बाध्य सबै जुटौँ।’

उनले सर्वहारा, भुइँमान्छे, गरिब, विपन्न, उत्पीडनमा परेका वर्ग, दबाइएको दलित समुदाय, हेपिएको सीमान्तकृत समुदाय, भूमिहीन किसान, माओवादी युद्धका घाइते, अपाङ्ग, नाम मात्रका सहिद परिवार, युद्ध पीडित सबैलाई एकजुट हुन आग्रह गरेका छन् । साथै, प्रसाईंले काठमाडौं, ललितपुर र भक्तपुरका अभियन्ताहरूलाई उपत्यका नछोड्न र देशभरका अभियन्ता, राष्ट्रभक्त नागरिक, राजसंस्था चाहने राजनीतिक दलहरूलाई काठमाडौं केन्द्रित आन्दोलनका लागि तयार रहन अनुरोध गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रसाईंले आन्दोलनको मोडालिटीबारे छिट्टै छलफल गरी सार्वजनिक गर्ने बताएका छन्। उनले भने, ‘१५ गतेको लागि तयार रहनुहोला, लड्नु छ देश बेचुवा मारवाडीका गोठालाहरूसँग, बचाउनु छ हाम्रो गौरवपूर्ण देशलाई ।’

चैत्र १५ गते समाजवादी मोर्चाले राजतन्त्रको विरुद्धमा काठमाडौँमा विरोध सभा गर्ने घोषणा गरेकाले प्रसाईले सोहि दिन जनप्रदर्शन गर्ने घोषणा गरेका छन् ।

प्रतिकृया