• ४ असोज २०८३, आइतबार
  • २ः०९ राती

‘दलित डेष्क’ स्थापना गर्न गृह मन्त्रालयद्धारा पत्राचार

प्रकाशित मिति

२०८१ फाल्गुन ११ गते, आईतवार ०३:१२

फाल्गुण ११, २०८१ काठमाडौँ: गृह मन्त्रालयले दलितमाथि हुने विभिन्न प्रकारका भेदभाव, उत्पीडन, छुवाछुत लगायतका घटनाहरुको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेष्क’ स्थापना गरी सम्र्पक व्यक्ति तोक्न पत्राचार गरेको छ ।

National Life

गृहमन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले प्रहरी प्रधान कार्यालयमा दलित डेष्क स्थापना गरी कामकारबाही अघि बढाउन पत्राचार गरिएको जानकारी दिए । उनले यसअघि ७७ जिल्लामा स्थापना भएका दलित डेष्कलाई थप प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिइएको जानकारी दिए ।

“दलित समुदायका व्यक्तिहरुको समेत सहभागितामा दलित डेष्क स्थापना गरी सामाजिक कुरीतिका रुपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाई कानून कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पु¥याउन परिपत्र गरिएको हो ।” प्रवक्ता तिवारीले भने, “डेष्कमा रहने प्रहरी कर्मचारीलाई समन्वयात्मक र थप प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापन गर्न भनेका छौं ।”

Classic Tech Mobile
Classic Tech Desktop

केही दिनअघि गृहमन्त्री रमेश लेखकलाई भेट्न गृह मन्त्रालय पुग्नुभएका संयुक्त राजनीतिक दलित संघर्ष समितिका पदाधीकारीसितको भेटमा मन्त्री लेखकले जातीय विभेद र छुवाछुतका विषय हेर्न प्रहरी प्रधान कार्यालयमा दलित डेष्क स्थापना गर्ने बताएका थिए ।

प्रतिकृया