• ४ साउन २०८३, सोमबार
  • १:२९ बिहान

कर नेपालमा दक्षिण एशियामा नै बढि हो भन्ने कुरा साँचो छ : पूर्व गभर्नर क्षेत्री

प्रकाशित मिति

२०८१ माघ २७ गते, आईतवार १०:११

माघ २७, २०८१ काठमाडौँ: पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्रीले राज्य चलाउन कर लिनुपर्ने भएपनि व्यक्तिको रुपमा तीन तहका सरकारबाट लागु गरिएका कतिपय करको विषयलाई विचार गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘राज्य चलाउन त कसर लिनुपर्छ । तर, देशमा भएका तीन तहका सरकार छन्, यी तीन तहबाट लागु गरिएका करका कुरालाई विचार गर्नुभयो भने साँच्चै नै ओहो, कसरी उम्किने हो त भन्ने रुपमा परिणत हुने सम्भावना छ ।’

उनले संघीय सरकराले चालु आर्थिक वर्षको निम्ति १८ खर्ब ६० अर्ब, ३० करोड ३० लाखको बजेट पेश गरेकोमा झण्डै ६७.६६ प्रतिशत करबाट असुल गर्छौं भनेको पनि सुनाए । उनले भने,‘यो तथ्यांक भनेको दुई तिहाईजस्तै करबाट लिने भनेको छ, अहिले त सरकारले करको दायरामा सबैलाई ल्याउन सकेको छ भन्ने कुरापनि विचारणीय छ । अघि मैले भनेको त संघीय सरकारकोमात्रै डाटा हो । सबै हेर्दा त अलिक बढि नै हो कि भन्ने फिल हुन्छ ।’

Kamana Sewa

उनले कर उठाउने तौरतरिकामा पनि प्रश्न उठाए । उनले भने,‘करको सिद्धान्तले दोहोरो कर लाग्न हुँदैन भन्ने छ । तर, एउटै आम्दानीलाई कति ठाउँमा तिर्नुपर्छ । कर नेपालमा दक्षिण एशियामा नै बढि हो भन्ने कुरा साँचो छ ।’

Classic Tech Desktop

प्रतिकृया