• ३ असोज २०८३, शनिबार
  • ६ः३४ बेलुका

रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न रास्वपा सांसदद्वारा माग

प्रकाशित मिति

२०८१ माघ २५ गते, शुक्रबार ०३:०८

माघ २५, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवं सांसद डीपी अर्यालले सभापति रवि लामिछानेमाथि संसद्ले पनि प्रतिशोध साधेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद्ले पनि सरकारको रबैयालाई समर्थन गरेको बताएका हुन् ।

National Life

अर्यालले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसद्ले पनि सरकारको रबैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ । एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ ।’ साथै उनले झुटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनतालाई प्रष्ट थाहा भइसकेको बताए ।

उनले लामिछानेको सांसद पद निलम्बनको फुकुवा गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरे ।अर्यालले भने, ‘थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न सम्माननीय सभामुख महोदयसँग माग गर्दछु ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया