• ४ असोज २०८३, आइतबार
  • ८ः२० राती

सरकारको सम्पूर्ण ध्यान कसरी नेपालको तीब्र विकास गर्ने भन्नेमा छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०८१ माघ २१ गते, सोमबार ०४:०५

माघ २१, २०८१ काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।

National Life

उनले केही समय नेपाल पछाडि परेको भए पनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरु मुलुक भन्दा अगाडि जानसक्ने बताए । उनले नेपालमा सबैखाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरुले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरु गर्नसक्ने बताए । उनले आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न आग्रह गरे ।

अहिलेको सरकारको ध्यान तिब्र विकासको काममा रहेको उल्लेख गरे । अहिलेको सरकारको ध्यान तीब्र विकास, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

‘हामी पछाडि पर्नुपर्ने कुनै पनि कारण छैन । हामीले आत्मविश्वास राख्नु पर्दछ । अब हामी पछाडि पर्नु हुँदैन । म देशको प्रधानमन्त्रीको हैसियतले नानीबाबुहरुलाई भन्न चाहन्छु, मेरो ध्यान, मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रुपमा आज विकास गर्ने, आज तीब्र विकास गर्ने, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने, ग्लवोल्ली उनीहरुको प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने र हामी अगाडि छौँ, हामीसँग हाम्रा महान पुर्खाको जेनेटिक मेमोरी छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले बालबालिकाहरुले हामी गर्नसक्छौँ र अरु भन्दा अगाडि जानसक्छौं भन्ने सोचेर अध्ययन गर्न जरुरी रहेको बताए । उनले सुस्वस्थ र निरोगी नेपाल बनाउने कुरामा सरकारको ध्यान रहेको बताए । विद्यार्थीलाई गलत संगतमा नपर्ने आग्रह गरे । अन्तक्रियाका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो सानो नातिको उदाहरण दिँदै भाषा कस्तो बनाउने भन्नेबारे राम्रो ज्ञान हुनुपर्ने जिकिर गरे ।

नाति सानै भएको र भाषाबारे ज्ञान नहुँदा कागलाई तपाईं र आफूलाई तिमी भन्ने गरेको उल्लेख गरे । ‘मेरो सानो नाति छ एउटा । काग करायो भनेको त्यस्तो भन्न हुँदैन भन्यो । अनि त्यसपछि तिमी आऊ, मसँगै आऊ भन्छ । तपाईं भन्न त सिकाइयो कहाँनिरे कसलाई भन्ने सिकाइएन काग करायो भन्न नहुने । कराउनु भयो भन्नुपर्ने,’ प्रधानमन्त्री ओलीले भने, ‘तिमी चाहीँ आउ भन्छ मलाई । हजुरबुवालाई चाहिँ तिमी भन्छ । यो उसले बुझेको छैन । बुझ्ने बेला भएको छैन । यो त नबुझेको हो ।’

उनले नेपाली भाषाको थप चर्चा गर्दै अघि भने, ‘आमाबुवालाई तिमी होइन, तपाईं भनिन्छ । हजुरबुवा गुरुबा गुरुआमालाई तपाईं भनिन्छ । आफूभन्दा साना मान्छेलाई तिमी भन्न सकिन्छ । हाम्रो भाषाले तँ, तिमी, तपाईं, हजुर लगायत सबै राखेको । हाम्रो भाषामा धेरै गुणहरू छन् । हाम्रो भाषा सम्पन्न छ ।’

प्रतिकृया