• ३ असोज २०८३, शनिबार
  • १०ः०० राती

भक्तपुर फोनिजमा विनोद कोजु

प्रकाशित मिति

२०८१ माघ १९ गते, शनिबार ०४:५३

माघ १९, २०८१ काठमाडौँ: आदिवासी जनजाति पत्रकार महासंघ भक्तपुर शाखाको पा“चौ अधिवेशन ख्वप गार्डेनमा सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष्ँ सुन्दर शिल्पकारको सभापतित्वमा भएको उक्त अधिवेशनमा प्रमुख अतिथि आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव अञ्जना शिल्पकारले अझैपनि आदिवासी जनजातिहरुको मुद्दा उठाउनुपर्ने धेरै बा“की छ । हरेक परिस्थितिमा हामी आदिवासीहरु नै लाग्नु पर्ने भएकोले अधिवेशनबाट आउने नेतृत्वले क्रियाशील भएर लाग्न आग्रह गर्नुभयो ।

National Life

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष्ँ एवं केन्द्रिय पूर्व सचिव नारायण सुन्दर किलंम्बू, आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेशका अनुशासन समितिका संयोजक एवं नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रिय कोषाध्यक्ष्ँ बाबुकाजी श्रेष्ठ, नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाका अध्यक्ष रामगोपाल तमखुलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

भक्तपुर शाखाका सचिव विनोद कोजुले संचालन गर्नु भएको उक्त कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रिय सचिव अञ्जना शिल्पकारको जिम्मेवारीमा भएको निर्वाचनमा सर्वसम्मतबाट विनोद कोजुको अध्यक्षतामा नया“ कार्यसमिति चयन गरेको छ । उक्त नया“ कार्यसुमितिमा उपाध्यक्ष रामगोपाल तमुख, सचिव, महिला सचिव निसा कुस्मा, कोषाध्यक्ष्ँ किरण सुवाल, सदस्यहरुमा संगम लामा, विपना मुस्याख्व, जेपि श्रेष्ठ, मिलन प्रजापति, रजित तको, जेनिश बादे रहनु भएको थियो । निर्वाचित कार्यसमितिले दुई जना महिला सदस्य मनोनित गर्ने गरी १३ सदस्यीय कार्यसमिति गठन गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तैगरी अधिवेशनबाट केन्द्रिय प्रतिनिधिहरुमा नारायण सुन्दर किलम्बू, मोहन बल्ल र रेणु त्वानाबासु चयन गरेको छ भने प्रदेश प्रतिनिधिहरुमा सुन्दर शिल्पकार, नविना खर्बुजा, कृष्ण प्रजापति र रामचन्द्र प्रजापति चयन गरेको थियो ।

प्रतिकृया