अर्थतन्त्र सुधारको चरणमा, छिट्टै लयमा फर्किन्छ : मन्त्री गुरुङ
प्रकाशित मिति
२०८१ माघ १७ गते, बिहीबार ०१:१०
माघ १७, २०८१ काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आर्थिक अवस्था कोमाबाट आइसियुमा आइसकेको भन्दै चाँडै नै सुधार हुने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल चेम्बर एक्स्पो उद्घाटन समारोहमा बोल्दै उनले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न सरकार सक्रिय रूपमा लागिपरेको बताए ।

उनका अनुसार, वर्तमान सरकारले पद सम्हाल्दा अर्थतन्त्र गम्भीर संकटमा थियो, जुन अब सुधारको दिशामा अघि बढिरहेको छ । कानुनी र नीतिगत क्षेत्रका समस्याहरू हल गर्दै अर्थतन्त्रलाई द्रुत रूपमा लयमा फर्काउने उद्देश्यले अध्यादेश जारी गरिएको उनले स्पष्ट पारे ।

मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रलाई उद्योगका रूपमा स्थापित गर्न कानुनी प्रावधान गरिएको बताउँदै, डिजिटल अर्थतन्त्रको योगदानबाट जीडीपीमा ३ प्रतिशत वृद्धि गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरे ।
साथै, उनले कृत्रिम बुद्धिमत्तासम्बन्धी (एआई) नीति यही महिनाभित्र तयार गरिने जानकारी समेत दिए ।




प्रतिकृया