• ४ असोज २०८३, आइतबार
  • ७ः०७ बेलुका

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

प्रकाशित मिति

२०८१ माघ ९ गते, बुधबार ११:२९

माघ ९, २०८१ काठमाडौँ: चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो ।

National Life

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ ।

शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उहाँले स्पष्ट गर्नुभयो । अभिभावकले पनि बिदाका निम्ति अनौपचारिक रुपमा विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया