• ४ असोज २०८३, आइतबार
  • ४ः४५ बिहान

रविसहितलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

प्रकाशित मिति

२०८१ माघ ८ गते, मंगलवार ०३:२३

माघ ८, २०८१ काठमाडौँ: सूर्यदर्शन सहकारी ठगीका आरोपितलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत कास्कीसँग कैफीयत प्रतिवेदन माग गर्ने आदेश भएको छ।

National Life

उच्च अदालत पोखराले कास्की जिल्ला अदालतसँग सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहितका ७ जनालाई धरौटीमा छाडेको विषयमा कैफियत प्रतिवेदन माग गर्ने आदेश जारी गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालत कास्कीबाट पुस २५ गते रविसहितका आरोपीलाई धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै निवेदन दिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

सोही निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पोखराका न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगीका आरोपीहरु छाड्नुको कारण मागेको उच्चका उपरजिष्ट्रार निलप्रसाद पनेरुले बताए।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको एकल इजलासले रविसहित पूर्वडीआइजी छविलाल जोशी, लिला पछाईं,रामबहादुर खनाल, सहकारीका संस्थापक अध्यक्ष मीना गुरूङ, संस्थापक उपाध्यक्ष कृष्णबहादुर गुरूङ र कोषाध्यक्ष आरती गुरूङलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

प्रतिकृया