• 3:31 pm

राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण

प्रकाशित मिति

२०८१ माघ ४ गते, शुक्रबार ०२:५७

माघ ४, २०८१ काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् । त्यस क्रममा उनले आयोजनाको प्रगतिबारे जानकारी लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिए । उक्त आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ ।

काठमाडौं-ललितपुर-मकवानपुर हुँदै बाराको निजगढसम्म निर्माण हुनेछ । पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया