• 2:16 pm

नेपाली र भारतीय मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु

प्रकाशित मिति

२०८१ माघ ३ गते, बिहीबार ११:४६

माघ ३, २०८१ बुटवल : कपिलवस्तुमा नेपाली र भारतीय दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार साँझ वाणगंगा नगरपालिका-११ स्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको सैनामैना-४ बस्ने वर्ष २७ को रोमन थारु र यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली रहेका छन् ।

सोही दुर्घटनामा घाइते भएका २६ वर्षीय अजय थारुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया