• ४ असोज २०८३, आइतबार
  • १२ः०६ दिउँसो

कोन्ज्योसोम गाउँपालिकाको सेवा प्रवाह र शासकीय कार्य अब्बल

प्रकाशित मिति

२०८१ पुष २० गते, शनिबार ०४:४८

पुष २०, २०८१ ललितपुर: कोन्ज्योसोम गाउँपालिकाले स्थानीय तह स्वमूल्यांकन (लीजा) का सूचकहरु अबिलम्बन गर्दै विकास निर्माण र सेवा प्रवाह प्रभावकारी बनाउँदै लगिएको पाइएको छ ।

National Life

गत चार वर्ष अगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको स्वमूल्यांक गर्नका लागि विभिन्न एक वटा सूचक तयार गरी आफ्नो स्थानीय तहको मूल्यांकन आफैंले गर्ने गरी स्थानीय तहको स्वमूल्यांकन कार्यविधि निर्माण गरी सबै स्थानीय तहमा पठाएकोे थियो । सोही कार्यविधि अनुसार कोन्ज्योसोम गाउँपालिकाले लिजामा उल्लेखित गरेका सूचकहरुलाई व्यवहारमा कार्यान्वयन गर्दै गएको पाइएको हो ।

गाउँपालिकाको कार्य प्रक्रिया र उपलब्धिका बारेमा लेखाजोखा गरी सबल र दुुर्बल पक्षको पहिचान गर्दै सुुशासन र विकास निर्माणका क्षेत्रमा भएका कमीकमजोरीको बारेमा जानकारी लिने, आवधिक समिक्षा गर्ने, समयमा नै गाउँसभा सम्पन्न गर्ने लगायतका कार्य गर्दै आएको गाउँपालिकाले आफ्नो वेबसाइट र अफिसियली फेसबुुक पेजमार्फत सार्वजनिक गरेका विभिन्न कार्यले स्पष्ट पार्दछ ।

Classic Tech Mobile
Classic Tech Desktop

गाउँपालिकाको फेसबुक पेज र वेबसाइट अबलोक गर्दा गाउँपालिकाले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, भौतिक पूर्वाधार, न्यायिक कार्य सम्पादन, सार्वजनिक सेवा प्रवाह, सामाजिक समावेशिकरण, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वातावरण संरक्षण तथा विपत व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सबै पक्षसँग सहकार्य र समन्वय लगायतका कार्य गर्दै आएको स्पष्ट हुुन्छ ।

गाउँपालिकाले सेवाग्राहीलाई प्रदान गर्दै जाने सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको गाउँपालिकाले सार्वजिनिक सुुनुवाइ समयमा नै सम्पन्न गरी गाउँपालिकाले गरेका कार्यको बारेमा गाउँबासी र सेवाग्राहीलाई स्पष्ट पार्दै गएको र स्थानीय सरकार सञ्चालन ऐन अनुसार गाउँपालिकाले गर्नुपर्ने कार्य समयमा नै गर्दै गएको पाइएको छ ।

आगामी दिनमा गाउँपालिकाले स्थानीय तहका समस्याका बारेमा वडाको वस्तीस्तरमा नै पुुगेर समस्या पहिचान गरी सोही अनुसार नीति निर्माण गरी कार्यान्वयन गर्दै जाने हो भने गाउँपालिकाको सेवा प्रवाह र विकास निर्माण कार्य अम्बल सावित हुने देखिन्छ ।

प्रतिकृया