• 4:45 pm

कस्तो छ आज सात प्रदेशको मौसम पूर्वानुमान ?

प्रकाशित मिति

२०८१ पुष २० गते, शनिबार ०८:०९

पुष २०, २०८१ काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज कोशी प्रदेशमा दिउँसो हिमाली, पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने राति हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै मधेश प्रदेशमा आज मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यसैगरी बागमती प्रदेशमा दिउसो मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यस्तै राती हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा दिउँसो मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने राती हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा आज मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । त्यस्तै कर्णाली प्रदेशमा आज दिउँसो मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने राती आंशिक बदली रहने सम्भावना रहेको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा आज दिउँसो मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने आज राति आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

आगामी २४ घण्टा बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया