• ५ असोज २०८३, सोमबार
  • ८ः०१ बिहान

माओवादी र नेपाल समाजवादी निकट शिक्षक संगठनबीच एकता

प्रकाशित मिति

२०८१ मंसिर २२ गते, शनिबार ०६:१७

मंसिर २२, २०८१ काठमाडौँ: नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबीच एकता घोषणा भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आज काठमाडौंमा एकता घोषणा समारोह आयोजना गरी दुई संगठनबीच एकता गरिएको हो।

National Life

यो सङ्गै डा.बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरेका थिए । कार्यक्रममा दुवै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षका हकहितका आवाज पूरा गर्न एकता र ध्रुवीकरण आवश्यक रहेको बताए । शिक्षक संगठनहरुसित सरकारले गरेका सम्झौता पूरा गराउन फेरि एकताबद्ध आन्दोलन आवश्यक रहेको बताए ।

समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकता आवश्यक रहेको बताए । समाजवादी शिक्षा प्रणालीका लागि समाजवादी बौद्धिक शक्ति एक हुनुपर्ने उनले बताए ।

एकता समारोहलाई सम्बोधन गर्दै प्रचण्डले शिक्षा क्षेत्र सुधारको जरुरी रहेको बताए । उनले सदनमा शिक्षा र शिक्षकहरुको विषय उठाउने प्रतिवद्धता जनाए ।

प्रतिकृया