• 6:40 pm

बझाङको सूर्मा-४ को वडाअध्यक्षमा कांग्रेसका पुजारा विजयी

प्रकाशित मिति

२०८१ मंसिर १७ गते, सोमबार ११:४५

मंसिर १७, २०८१ काठमाडौँ: बझाङको सूर्मा गाउँपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र पुजारा विजयी भएका छन् ।

पुजारा ६५७ मत पाएर विजयी हुँदा नेकपा एमालेका लखीचन्द्र बोहरा ४८७ मत ल्याएर दोस्रो भए । यहाँ माओवादीका पुस्करबहादुर बोहराले १७ मत मात्रै पाए ।

यो वडामा यसअघि एमालेका सर्जनबहादुर बोहोरा विजयी भएका थिए । यसपटक नतिजा उल्ट्याउँदै कांग्रेसले बाजी मार्‍यो । ०७९ मा माओवादीले भने उम्मेदवारी दिएको थिएन ।

प्रतिकृया