• ३ असोज २०८३, शनिबार
  • ११ः५१ राती

पर्यटनमन्त्री पाण्डेद्वारा चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित

प्रकाशित मिति

२०८१ कार्तिक ११ गते, आईतवार १२:५४

कार्तिक ११ , २०८१ काठमाडौँ: संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन्

National Life

सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उर्जा र स्वास्थ्य सम्बन्धी १६ वटा देशका बैज्ञानिकहरुको सहभागिता रहको काठमाडौमा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले उनलाई अभिनन्द गरेका हुन् ।

उक्त गोष्ठीमा जलवाय परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधान लगायतका विषयका साथै पर्यटन प्रवद्र्धनका क्षेत्रमा गुणस्तरीय छलफल भएको प्रति कृतज्ञता व्यक्त गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री पाण्डे नेपाल र चीन बीच यस्ता आदन–प्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्धभिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ नेपाल आएको अभिलेखले रहेको र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्याएको उल्लेख गरे ।

उनले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धानको केन्द्रको रूपमा विकसित गर्न चीनिया विश्वविद्यालय र सरकारलाई जोड्ने पुलको रूपमा पनि सहयोग गरिदिनु समेत अनुरोध गरे ।

उनले कोरियाली एवं चिनिया नागरिक लगायत अन्य सहभागीलाई नेपालको प्राकृतिक र सांस्कृति रुपमा सम्पन्न मुलुक भएकाले नेपाल घुम्न आउन समेत अनुरोध गरे ।

अभिनन्द कार्यक्रममा बोल्द विङडिङले नेपालीेहरु निकै आत्मिय रहेको भन्दौ भएकाले नेपाली विदयार्थीहरुलाई आफू माताहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको उल्लेख गर्दै उनीहरुलाई आफूसँग जोडिन दिन समेत आगह गरे ।प्राध्यापक विङडयानको मातहतमा ११४ जना विद्यार्थीहरुले विद्या वारिधी गरिहेका छन् ।

प्रतिकृया