• ६ असोज २०८३, मंगलबार
  • ७ः४७ बिहान

‘भिजियोल फ्लाईट रुटअनुसार नचल्दा एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटना भयो’

प्रकाशित मिति

२०८१ श्रावण २४ गते, बिहीबार ०३:१२

साउन २४, २०८१ काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ ।

National Life

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।

उनले त्यसको विस्तृत विवरण भने सरकारले गठन गरेको छानविन समितिले दिने पनि बताए । सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भिएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

महानिर्देशक अधिकारीले भिएफआरको अनुमति विपरित हेलिकप्टर बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गरे ।

साउन २३ गते बुधवार (हिजो) सो हवाईजहाज दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया