• 6:03 pm

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

प्रकाशित मिति

April 24, 2024

वैशाख १२, २०८१ काठमाडौँ: वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ । बुधबार बिहान रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको हो । दुई पटक एकदिवसीय र टी–२० विश्वकप विजेता वेस्ट इन्डिजको कुनै पनि टिम नेपाल टूरमा आएको यो पहिलो पटक हो ।

नेपाल टुरमा आउने वेस्ट इन्डिज ए टिम- रोस्टन चेस(कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श । प्रशिक्षण टिमस् मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच-रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट-नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच- शेन कूपर, प्रबन्धक र विश्लेषकस् अवनेश सीताराम ।

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।

प्रतिकृया