• ४ असोज २०८३, आइतबार
  • ३ः२१ दिउँसो

राजावादीहरुको आवाज मत्थर पार्न कार्यकारी राष्ट्रपतिः राष्ट्रवादी राजनीतिक मञ्च

प्रकाशित मिति

२०८० मंसिर १० गते, आईतवार ११:१८

मंसिर १०, २०८० काठमाडौँ: नेपाल राष्ट्रवादी राजनीतिक मञ्चले राजवादी शक्तिहरुको गण्तन्त्र विरुद्धमा आएको राजतन्त्र पुनस्थापनाको आवजलाई मत्थर गर्न कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नु पर्ने माग राखेको छ । शनिबार संवाद डबलीमा गरिएको पत्रकार सम्मेलनमा गणतान्त्रिक व्यवस्था भनिए पनि विदेशीले खेल्न सक्ने संसदिय व्यवस्थाको कारण प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको वक्ताहरुले आरोप लगाएका छन् ।

National Life

मञ्चका संयोजक टी.एस. तामाङले पत्रकार सम्मेलनमा बोल्दै हजारौंको बलिदानबाट प्राप्त अहिलेको गणतायन्त्रिक व्यवस्थामाथि प्रश्न उठ्नुको मुख्य दोषी मुख्य दलहरुले नै भएको आरोप लागएका छन् । पछिल्लो समयमा दुर्गा प्रसाई लगायतका व्यक्तिहरुले जनजीविकाको मुद्धाको फेरोमा असान्दर्भिक राजतन्त्रको पुनःस्थापनाको आवज गलतभएको ठहर गरेका छन् । तामाङले प्रसाईले उठाएका राजतन्त्रको मुद्धा बाहेकका जनपक्षिय मुद्धामा आफूहरुको ऐक्यबद्धता रहेकोसमेत जानकारी दिएका छन् । दुर्गा प्रसाईको संघर्षमा सरकारी दमन गलत भएको बताउँदै भने,“लोकतान्त्रीक संघिय गणतन्त्रको मुल्य–मान्यता विपरित प्रशासनको प्रसाईमाथि धरपकड र आन्दोलनमाथिको हस्तक्षेप निन्दनिय छ, त्यस किसिमका कार्य तत्काल रोकियोस् ।”


तामाङले, गत अक्टोबरमा भारतिय प्रधानमन्त्री नरेन्द्र मादीले नेपाली भूमि कालपानी,लिपुलेक लगायत भूमिमा गरेको भ्रमणलाई हस्तक्षेपकारी भूमिकाको संज्ञा दिदै विरोध गरेका छन् । ‘सरकार त लाचार भयोभयो नै त्यसमाथि नागरिक स्तर कतैबाट पनि प्रतिक्रिया नआउनु दुःखत विषय हो, हामी भारतिय विस्तारवादी नाङ्गो हस्तक्षेपको घोरभत्सन गर्दछौं ।’ तामाङले थपे ।
त्यसैगरी वर्तमान सरकारले नक्कली भूटानी प्रकरण, लतिता निवास, सुन लगायतका विभिन्न प्रकरणहरुलाई सत्ता टिकाउन बार्गेनिङको अश्त्र बनाएको भन्दै नागरिक खबरदारी जरुरी रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

मञ्चका प्रमुख संरक्षक तेज पुडासैनीले गणतन्त्रको लागि लड्नेहरुले नै अहिले सोही व्यवस्थाको चुनौतिका कारक भएकाले उनिहरु विरुद्ध नयाँ अभियान सुरु गरेको बताए । सो पत्रकार सम्मेलनमा केन्द्रीय संयोजन समितिका सदस्यहरु दानबहादुर विष्ट, किरण थापा मगर, सिद्धान्त थापा मगर र शुस्मा राना मगर लगायतले आगमी समयमा आफूहरुले नेपालको राजनितिक समस्यालाई निकाष दिन लड्नु पर्ने धारणा राखे ।

प्रतिकृया