स्थागित रहेको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालन
प्रकाशित मिति
२०८० मंसिर १० गते, आईतवार ११:०६
मंसिर १०, २०८० काठमाडौँ: रत्नपार्क-सूर्यविनायक रुटमा एक महिनामात्र मात्र चलेर स्थगित गरिएको द्रुत बस सेवा आजदेखि फेरि सुरु भएको छ । एक महिनाअघि चलेकामा ११ वटा बस थप गरी साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको हो । यसअघि २५ वटा बस चलाइएको थियो जसमा ११ वटा बस थप गरी अब रत्नपार्क-सूर्यविनायक रुटमा ३६ वटा बस चल्ने छन् ।
रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउँदै छ । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ। ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । बिहान साढे ८ बजेदेखि ती बसहरू तीन/तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका हु्न्। सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ ।
यसअघि ती बस रत्नपार्क र सूर्यविनायक दुवै तर्फबाट ५/५ मिनेटको फरकमा छुट्थे र दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म चल्दथे। द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरु थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको मन्त्रालयको भनाइ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि द्रुत बस सेवा सुरु गरेको थियो ।
व्यस्त सहर काठमाडौंका यात्रुहरूलाई छिटो गन्तव्य पुग्न सहजता लागि मन्त्रालयले प्रदान गरेको यस सेवा अब भने प्राभावकारी ढङ्गले उपयोग हुन लागेको पाइएको छ । अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछ ।
रत्नपार्क-सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
प्रतिकृया