• ४ असोज २०८३, आइतबार
  • १२ः०३ दिउँसो

विशेष सुरक्षा योजनाका साथ शान्ति सुरक्षा कायम गर्नुपर्ने: निमित्त प्रहरी महानिरीक्षक राई

प्रकाशित मिति

२०८० आश्विन २३ गते, मंगलवार ११:१९

असाेज २३, २०८० काठमाडौं : निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रदेश प्रहरी
प्रमुखहरूले आ-आफ्नो क्षेत्रमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै सोही अनुरूप विशेष सुरक्षा योजना बनाई शान्ति सुरक्षा कायम गर्नुपर्ने बताए छन ।

National Life

प्रदेश प्रहरी प्रमुखहरूलाई समसामयिक विषयमा नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् सोमबार निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक राईले उक्त कुरा बताएका हुन । निमित्त प्रहरी महानिरीक्षक राईले नजिकिँदै गरेका चाडपर्वमा हुनसक्ने कालोबजारी एवम् तस्करी नियन्त्रणको साथै सवारी दुर्घटना न्यूनीकरणका लागि अझ बढी सक्रियताका साथ जिम्मेवारी बहन गर्नुपर्ने बताए ।


हालै देश विदेशमा घट्न गएका अप्रिय घटनाबाट उत्पन्न हुन सक्ने चुनौतीलाई विशेष ख्याल गर्दै शान्ति सुरक्षा सहज बनाउन अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै कार्यसम्पदान गर्नुपर्नेमा उनले जोड दिए । उक्त अवसरमा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा प्रतिनिधिले आ-आफ्नो क्षेत्रको शान्ति सुरक्षाको अवस्था, विशेष सुरक्षा योजना तय तथा कार्यान्वयन र भइरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको साथै वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति एवम् सात वटै प्रदेश प्रहरी प्रमुखहरु तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियाे।

प्रतिकृया