• ४ असोज २०८३, आइतबार
  • २ः०१ राती

दसैं-तिहारलाई लक्षित गरी धरहराको भूमिगत पार्किङ निःशुल्क

प्रकाशित मिति

२०८० आश्विन २२ गते, सोमबार ०२:०३

असाेज २२, २०८० काठमाडौं : काठमाडौं महानगरपालिकाले दसैं-तिहारको अवसरमा धरहरा क्षेत्रभित्र अस्थायी रूपमा भूमिगत पार्किङ खुला भएको छ। दसैं, दिपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङ नि:शुल्क रूपमा खोलिएको महानगरपालिकाले जनाएको छ।

National Life

आइतबार (असोज २१ गते) देखि पार्किङ खुला गरिएको हो। ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरामा तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइएको छ। त्यहाँ चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ गर्न सकिने जनाइएको छ।


यस्तै, धरहराको उत्तर ढोकाबाट पार्किङ स्थल जान सकिने छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया