• ४ असोज २०८३, आइतबार
  • २ः२७ राती

विवादास्पद अभिव्यक्ति दिने श्रीनिवासाचार्य पक्राउ

प्रकाशित मिति

२०८० आश्विन १७ गते, बुधबार १०:४८

असोज १७, २०८० काठमाडौँ: आफैँलाई गोली प्रहार गर्न लगाएर चर्चामा आएका धार्मिक गुरु श्रीनिवासाचार्य सुनसरीको बराह क्षेत्र नगरपालिकाबाट पक्राउ परेका छन् । सुनसरी प्रहरी कार्यालयका अनुसार विवादास्पद अभिव्यक्ति दिएका श्रीनिवासाचार्यलाई प्रहरीले बराह क्षेत्रको चक्रघट्टीस्थित आश्रमबाट पक्राउ गरेको हो ।

National Life

जनकपुरमा गाई काट्नेको हत्या गरी आउनेको परिवारको संरक्षण र कारागारमा समेत हेरविचार गर्ने अभिव्यक्ति एकसाता दिएका उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । केही विवादास्पद अभिव्यक्ति दिएका कारण उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


कार्यालयका अनुसार प्रहरी नियन्त्रणमा रहेका श्रीनिवासाचार्यलाई बुधबार धनुषा पठाइनेछ। उनको विवादास्पद अभिब्यक्तिका कारण धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

श्रीनिवासाचार्यले केही वर्ष अघि विराटनगरको जतुवास्थित एक मन्दिरमा आफैँलाई गोली प्रहार गर्न लगाएर चर्चामा आएका थिए ।

प्रतिकृया