• 9:35 am

कोभिडविरुद्ध एमआरएनए खोप बनाउने वैज्ञानिकले पाए नोबेल पुरस्कार

प्रकाशित मिति

२०८० आश्विन १५ गते, सोमबार ०४:३२

असोज १५, २०८० काठमाडौँ: सन् २०२३ को ‘फिजियोलोजी तथा मेडिसिन’तर्फको नोबेल पुरस्कार कोभिड–१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिकले पाएका छन् ।

न्युक्लियोसाइड बेस परिमार्जन गर्दै कोभिड–१९ विरुद्ध प्रभावकारी एमआरएनए खोप विकासलाई सक्षम बनाएकोमा क्याटालिन कारिको र ड्र्यू वेइसम्यानलाई नोबेल पुरस्कार प्रदान गरिएको हो । नोबेल फाउन्डेसनले सामाजिक सञ्जाल ट्विटरमार्फत दुवै जनालाई पुरस्कार प्रदान गरिएको जानकारी दिएको छ ।

नोबेल पुरस्कार समितिले आधुनिक समयमा मानव स्वास्थ्यको सबैभन्दा ठूलो खतराका बेला खोप विकासमा अभूतपूर्व योगदान दिएकोमा उनीहरूलाई पुरस्कार दिइएको बताएको छ । परम्परागत खोपमा जुन भाइरसविरुद्धको हो, सोही भाइरसको कमजोर स्वरूप प्रयोग हुने गर्छ ।एमआरएनए खोपमा सामान्यतया भाइरसको बाहिरी झिल्लीमा पाइने प्रोटिनको सानो टुक्रालाई प्रयोग गरिन्छ ।

प्रतिकृया