• ४ साउन २०८३, सोमबार
  • १०:५२ बेलुका

हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौँ : गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति

२०८० भाद्र १ गते, शुक्रबार ११:५४

भदौ १, २०८० काठमाडौँ: उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन्।


गोरखाको अजिरकोट गाउँपालिका-२ स्थित भच्चेकमा भच्चेक आधारभूत अस्पतालको आज उद्घाटन गर्दै उनले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताए।

Kamana Sewa

‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौँ भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौँ। जुन दिनसम्म सरकारमा रहन्छौँ, यो सुशासनको अभियान रोकिँदैन’, उनले भने।

Classic Tech Desktop

नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने र अध्यक्ष दीपक देवकोटा तथा उपाध्यक्ष अनिता भुजेलले उदाहणीय नेतृत्वबाट अजिरकोट गाउँपालिकाले विकासमा फड्को मार्दै गएकोमा उपप्रधानमन्त्री श्रेष्ठले खुसी व्यक्त गरे।


राजनीतिक परिवर्तनलाई सामाजिक-आर्थिक परिवर्तनसँग जोड्नुपर्ने, त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने र प्रधानमन्त्री प्रचण्डको मूल ध्येय पनि यही रहेको उनले बताए।

प्रतिकृया