• ४ असोज २०८३, आइतबार
  • २ः३७ राती

माओवादीको केन्द्रीय कमि‍टी बैठक सुरु

प्रकाशित मिति

२०८० श्रावण १७ गते, बुधबार ०२:११

१७ श्रावण २०८०, काठमाडौँ: सत्तारूढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमि‍टी बैठक सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा सुरु भएको बैठकलाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरिरहेका छन् ।

National Life

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले भ्रष्टचारविरुद्ध र सुशासनका सवालमा आफ्नो नेतृत्वको सरकारले गरेको काम कारबाहीले जनतामा आशा सञ्चार भएको बताएका छन् ।


साथै उनले पार्टीलाई स्थापित गराउन सबै नेता कार्यकर्ताको उत्तिकै भूमिका हुने उल्लेख गर्दै यो केन्द्रीय समिति बैठक समग्र योजना बनाउने सन्दर्भमा ऐतिहासिक बन्ने विश्वास पनि लिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

आजको बैठक साइभ गर्ने भनिए पनि बिहान बसेको पार्टीको बैठकले लाइभ नगर्ने निर्णय गरेको थियो ।

प्रतिकृया