• 7:53 am

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट (पूर्णपाठ)

प्रकाशित मिति

२०८० असार १० गते, आईतवार ०२:३३

१० असार २०८०, काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरले आइतबार आगामी आर्थिक वर्षका लागि उक्त रकमको बजेट विनियोजन गरेको हो । आइतबार राष्ट्रिय सभा गृहमा महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेकी हुन्।


महानगरले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदानबाट १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदानबाट ८९ करोड ३६ लाख, आन्तरिक आयबाट ६ अर्ब ३९ करोड प्राप्त हुने उपप्रमुख डंगोलले बताइन्। उनका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब हुनेछ।


यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरिएको छ। त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ।


महानगरले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ। शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ। २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन भएको थियो।

पूर्णपाठ

प्रतिकृया