
१० असार २०८०, काठमाडौँ : नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ देखि नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुमा हेल्पडेक्स राखी सेवाग्राहीलाई एकीकृत सेवा प्रवाहको व्यवस्था गर्ने भएको छ । सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउने उद्देश्यले हेल्प डेक्स राखी सेवा प्रवाहलाई प्रभावकारी बनाउन लागेको हो ।
शनिबार नगरपालिको सातौ नगर सभामा नगरपालकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा त्यस्तो व्यवस्था गरेको हो । नगरपालिकाले अहिले नगर कार्यपालिका र दशवटै वडा कार्यालयबाटै सेवा प्रदान गर्दै आएको छ । नगरपालिकाको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि हेल्प डेक्स राख्ने व्यवस्था गर्न लागिएको नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
सभामा नगरपालिकाका बरिष्ठ लेखा अधिकृत आनन्दकुमार खड्कालाई ७४ प्रतिशत भन्दा बढि बेरुजु फछ्र्याैट गर्न योगदान गरेबापत सम्मान गरिएको थियो । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्ब पन्ध्र करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
प्रतिकृया