
१० असार २०८०, काठमाडौँ : आगामी आर्थिक वर्षभित्रमा नागार्जुन नगरपालिका प्लाष्टिक मुक्त क्षेत्र घोषणा हुने भएको छ।नगरपालिकाले शनिबार आगामी आर्थिक वर्ष २०८०/८१ को लागि सभामा प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटमा नगरपालिकालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने गरी नीति सभामा प्रस्तुत गरेको छ ।
प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्नका लागि नगरपालिकाले कार्ययोजना तयार गरी लागू गर्नेछ । प्लाष्टिकले वातावरण प्रदूषण गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले प्लाष्टिकको विकल्पका लागि स्थानीय उद्यमीहरुबाट उत्पादित कपडाको झोला प्रबद्र्धन गर्नका लागि अभियान सञ्चालन गर्ने नीति बनाएको हो ।
नगरपालिकाले प्रमुख मोहनबहादुर बस्नेतले नगरपालिकाको वातावरण संरक्षण गर्दै वातावरणीय सरसफाइलाई अभियानको रुपमा सञ्चालन गर्न प्लाष्टिमुक्त नगरपालिका घोषणा गर्न लागिएको बताउनुभयो । नगरपालिकाको सातौ नगरसभामा नगरपालिकाका बरिष्ठ लेखा अधिकृत आनन्दकुमार खड्कालाई ७४ प्रतिशत भन्दा बढि बेरुजु फछ्र्याैट गर्न योगदान गरेबापत सम्मान गरिएको थियो ।
प्रतिकृया