• 4:24 am

एक सय ३० बिगाहामा अवैध रूपमा लगाइएका अफिम तथा गाँजा खेती नष्ट

प्रकाशित मिति

February 1, 2023

१८ माघ, २०७९, काठमाडौँ:  राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा १ सय ३० बिगाहा जमिनमा अवैध रूपमा लगाइएका अफिम खेती तथा २८ बिगाह १० कठ्ठा जमिनमा लगाइएका गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ । गत शनिबारदेखि मंगलबार सम्म जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बलबाट संयुक्त रूपमा खटिएको टोलीले उक्त खेती नष्ट गरेको हो ।


जसमध्ये राक्सिराङ गाउँपालिका-४ मा रहेको चैत, देबिटार र चौकिदार एरियाको साथै सोही गाउँपालिका-६ अन्तर्गत काङद्राङ, काम्ले, नारायणी र अईनाटर एरियामा लगाइएको अफिम तथा गाँजा नष्ट गरिएको छ भने सोही गाउँपालिका-७ अन्तर्गत छाकुन, भुईबिसौने, धुसेनी, डामटार, जुरिथुम, चौकिडाडा, फेदी, घैयाबारी, गार्लिङ र खर्लिङ एरियाको समेत गरी
९५ बिगाहमा लगाइएको अफिम खेती र २८ बिगाह १० कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो । यसैगरी कैलाश गाउँपालिका-७ र ८ का भार्ता, फास्टा, पाख्रे लगायतका विभिन्न वडा एरियाको ३५ बिगाहमा लगाइएको अफिम खेती समेत प्रहरीले फडानी गरी नष्ट गरेको हो ।

प्रतिकृया