• ४ साउन २०८३, सोमबार
  • ८:२० बेलुका

देशभर चिसो बढ्यो : तराईका केही क्षेत्रमा हुस्सु

प्रकाशित मिति

२०७९ मंसिर २२ गते, बिहीबार ०६:३२

२२ मंसिर २०७९, काठमाडौं : मुलुक उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ। शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ। देशभर चिसो बढेसँगै तराईका केही ठाउँमा हुस्सु लाग्न थालेको छ। हिमाली क्षेत्रमा भने बाक्लो हिमपात हुन थालेको छ।

Kamana Sewa

प्रतिकृया