• ३ असोज २०८३, शनिबार
  • ७ः५२ बेलुका

नवनियुक्त अमेरिकी राजदूत थम्पसन नेपाल आइपुगे

प्रकाशित मिति

२०७९ आश्विन २८ गते, शुक्रबार ०६:४३

२८ असोज २०७९, काठमाडौँ : नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन् । राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएको एक हप्तापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन् ।

National Life

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार थम्पसनले केही दिनको आरामपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् ।


राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएसँगै आफ्नो चार वर्षे कार्यकाल सकाएर गत आइतबार स्वदेश फर्किएका थिए । उनी फर्किएको दुई दिनअघि शुक्रबार मात्रै थम्पसनले नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतको शपथ ग्रहण गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया