• ४ असोज २०८३, आइतबार
  • ४ः०४ बेलुका

संविधान दिवसलाई जनताको दिवसका रुपमा अगाडि बढाउनुपर्छ : ओली

प्रकाशित मिति

२०७९ आश्विन १ गते, शनिबार ०९:५०

१ असोज २०७९, काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को आयोजना गरेको छ। सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवसको रुपमा अगाडि बढाउनुपर्ने बताए ।

National Life

संघर्ष र बलिदानीबाट निर्माण भएको संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएकोमा ओलीले खुसी व्यक्त गरे । त्यस अवसरमा उनले भ्रष्टाचारको विरुद्धमा र राष्ट्रियताको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । संविधानको रक्षा गर्दै नेपालीलाई नै साथमा लिएर देशलाई विकासको बाटोमा लैजानुपर्नेमा ओलीले जोड दिए । निर्वाचनमा लोकतन्त्र, राष्ट्रियता र संविधानले हार्न नहुने विषयमा सतर्क रहन ओलीले नेता कार्यकर्तालाई सचेत गराए ।


ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट पदयात्रा सुरु भएर शहीद गेटमा जम्मा भएको थियो । संसद् विघटन गरेर एमालेमाथि संविधानलाई कमजोर बनाएको आरोप लागिरहेका बेला पार्टीले संविधान निर्माणमा पार्टीले गरेको अगुवाइको सन्देश दिन आजको पदयात्रा आयोजना गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया