• ५ असोज २०८३, सोमबार
  • २ः३२ राती

एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

प्रकाशित मिति

२०७९ असार ७ गते, मंगलवार ०७:३५

७ असार २०७९, काठमाडौँ : नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ। असार १० र ११ गते काठमाडौं पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बस्ने भएको हो। वैशाख ३० मा भएको स्थानीय निर्वाचनको समीक्षा उक्त बैठकमा हुनेछ।

National Life

साथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन देशभर सञ्चालन गर्ने कार्यक्रम, कार्ययोजना आवश्यक रणनीतिबारे बैठकमा छलफल गरिने केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीको भनाइ छ। केन्द्रीय नेताहरूले सम्बन्धित क्षेत्र, प्रदेशमा सङ्गठनको अवस्था, सङ्गठन विस्तारको कार्ययोजनाबारे पनि बैठकमा प्रतिवेदन पेश गर्ने तयारी छ।


आगामी चुनावसम्म गठबन्धनलाई कायम राखेर तालमेल गर्ने र पार्टीले आफ्नै शक्तिका आधारमा एक्लै निर्वाचनमा सहभागी हुने विषयमा छलफल गरिनेलगायत एजेन्डा छन्। केन्द्रीय कमिटीका लागि केही थप एजेन्डा भने पोलिटब्यूरो बैठकले तय गर्नेछ। केन्द्रीय कमिटीको बैठकपछि केन्द्रीय परिषद्को बैठक असार १३ र १४ गते हुने एकीकृत समाजवादीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया